Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल युगान्डा दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका


    मंगलबार, जेष्ठ ३ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज (मंगलबार) खेल्दैछ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो ।

    सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।

    युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो  । दोस्रो खेलमा भने कप्तान रुबिना  र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।

    पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ ।

    नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार