Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन १० हजार मतको नजिकै पुग्दा स्थापितले कटाए बल्ल ५ हजार 


    मंगलबार, जेष्ठ ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटाएका छन् ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ९ हजार ६ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन् । बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।

    तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार