Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तरी गोरखाको चुमनुब्रीमा पुन: निर्वाचन गर्न माग गर्दै निर्वाचन आयोगमा पत्र


    सोमबार, जेष्ठ २ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सर्वदलीय बैठकले पुन: निर्वाचनको माग गरेको छ । सोमबार (आज) बसेको सर्वदलीय बैठकले पालिकाका केही ठाउँमा स्वच्छ निर्वाचन नभएको भन्दै फेरि निर्वाचनको माग गरेको हो ।

    ‘नेपाली कांग्रेसले कांग्रेसले वडा नम्बर ३ जगतमा सिरिङ्गी हिमालीको बुथमा, माओवादीले वडा नम्बर २ को ल्हो आधारभुत विद्यालयको बुथमा पुन: निर्वाचन हुनुपर्छ भन्यो। अनि एमालेले पनि सबै पालिकामा नै स्वच्छ भएको छैन्, त्यसो भए पालिकाभरि नै फेरि गरौँ भन्यो’, एमालेको तर्फबाट वडा नम्बर ३ का वडाध्यक्ष पदका उमेद्वार चन्द्र गुरुङले भने । 

    आज दिउँसो सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय बैठकबाट मतगणना सुरु गर्न सहमति नजुटेपछि निर्वाचन अधिकृतले त्यहाँको बिषयबस्तु आयोगमा पठाएको उनले बताए ।

    ‘अधिकृतले यहाँको माग माथि पठाएको छु भन्नु भएको छ। माथिबाट जे निर्णय आउँछ त्यही गर्ने भनेर सर्वदलीय बैठक टुङ्गिएको हो’, गुरुङले भने । 

    ‘सर्वदलीय वैठकमा सहमति जुट्न सकेन भन्ने खबर आएपछि सर्वदलीय बैठकको निर्णय केन्द्रमा पठाउनु भनेर मैले निर्देशन दिएको हुँ। उहाँहरुले त्यही अनुसार गर्नु भएको होला। अब के गर्ने भन्ने विषयमा केन्द्रले केही निर्णय गरेर पठाउँला’, मुख्य निर्वाचन अधिकृत दिनबन्दु बरालले भने ।

    भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको  थियो। वैशाख ३० गते नै निर्वाचन सम्पन्न भएतापनि मतपेटिका संकलन गर्नै आईतबार दिउँसोसम्म लाग्यो ।

    आइतबार साँझ नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न निपर्वाचन अधिकृतको कार्यालयले तयारी गरेपनि स्थानीय दलका प्रतिनिधीहरुले पुन निर्वाचनको माग गरेपछि अहिलेसम्म मतगणना सुरु हुन सकेको  छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार