Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

    १५ हजार ३१ मत गणना हुँदा रेनुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

    सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार