तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ ।
थापाले चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ ।
उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ भारी तेस्रो स्थानमा थिए । कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ यसपाली भने विजयी भएका छन् ।
२५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे । गुरुङले तीन हजार ७२१ मत पाए भने न्यौपानेले तीन हजार ४६७ मत पाइन् । न्यौपाने अघिल्लो पटक नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् ।
देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत ल्याए ।
वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मीनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे ।
वडा नम्बर ३ मा नेपाली कांग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३५२ मत ल्याएका थिए ।
वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरे।
वडा नम्बर ५ मा नेपाली कांग्रेसका पूर्णबहादुर कुँवर एक हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले एक हजार २१४ मत पाएका छन् ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend