Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरमा १२ हजार ९७ मत गन्दा गठबन्धनलाई करिब ५०० मतको अग्रता


    सोमबार, जेष्ठ २ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । १२ हजार ९७ मत गन्दा पोखरा महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब ५०० मतको अग्रता लिएका छन् ।

    नेकपा एकीकृत समाजवादीका आचार्यले ४ हजार ८४८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत पाएका छन् ।

    यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी कोपिला रानाभाट ४ हजार ९९३ मत पाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले ४ हजार ९३८ पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार