Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ: प्रधानमन्त्री देउवा


    सोमबार, जेष्ठ २ २०७९
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

     २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

    गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार