Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा १३ हजार ५६५ मत गणना हुँदा विजय सुवेदी ७३ मतले अगाडि


    सोमबार, जेष्ठ २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी नेकपा माओवादी केन्द्रकी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् ।

    १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

    महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् ।

    यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार