Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तह निर्वाचनः १०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी


    सोमबार, जेष्ठ २ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । 

    सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ । 

    कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २४ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ । 

    हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।  

    हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख/अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख/अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख/अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख/अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका/अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख/अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    यस्तै हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार