काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चर्चित मन्त्री थिए, वसन्तकुमार नेम्बाङ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा राम्रो काम गरेको भनेर चर्चामा आएका उनै नेम्बाङको गृह जिल्ला पाँचथरको सबै स्थानीय तहमा भने एमाले उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका छन् ।
फिदिम नगरपालिकासँगै मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ, हिलिहाङ र याङ्वरक गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।
समाचार तयार पार्दासम्मको विवरणअनुसार फिदिममा गठबन्धनको प्रमुख पदका कांग्रेस उम्मेदवार मित्रप्रसाद काफ्ले (४६९४ मत) र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने (४०६२ मत) को अग्रता कायम छ ।
प्रमुख पदमा एमालेका पृथ्वी लावती (३९७९ मत) र उपप्रमुख पदमा राप्रपाका जगत थापा मगरले (२८७० मत) सहित पछ्याइरहेका हुन् ।
मिक्लाजुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार अमरराज माखिम (२३९४ मत) र उपप्रमुखमा कांग्रेसका सन्तोषकुमार सेर्मा (२६९२ मत) सहित अघि छन् ।
अध्यक्ष पदका प्रतिद्वन्द्वी एमालेका नरेन्द्र बस्नेत (२२७७ मत) र उपाध्यक्ष पदमा एमालेकै धनकुमारी मगर (१३७८ मत)ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्यारहेका छन् ।
याङ्वरक गाउँपालिकामा भने पछिल्लो पटक फेरि गठबन्धनै उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्ष पदम अग्रता लिएका हुन् ।
अध्यक्षमा कांग्रेसका मबिन्द्र योङया (१३९३ मत) र उपाध्यक्षमा माओवादीका अर्जुन बेघा (१२९० मत) ले एमालेका भीमबहादुर योङया (११४४ मत) र बाबा मेन्याङ्बो (१०७० मत) लाई पछि पारेका छन् ।
फाल्गुनन्दको अध्यक्षमा कांग्रेसका बृजहाङ आङ्देम्बे, (३९९३ मत) र उपाध्यक्षमा माओवादीका ठाकुरसिंह नेम्बाङ (३६७१ मत) को भन्दा अध्यक्षमा एमालेका वीरबहादुर कुरुम्बाङ (३०१६ मत) र उपाध्यक्षमा जनता समाजवादी पार्टीकी बबिता नेम्बाङ (२९४९ मत) पछि छन् ।
फालेलुङ गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका वीरविक्रम थाम्सुहाङ (३८०८ मत) र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र जबेगू ‘फुङ्निमा’ (३६१७ मत) अघि छन् ।
उक्त पालिकामा एमालेको अध्यक्षमा जयप्रकाश केरुङ (१८६८ मत) र उपाध्यक्षमा सुजाता वान्तावा (१९६० मत) ले गठबन्धनका उम्मेदवारहरूलाई पछ्याइरहेका हुन् ।
तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका बाबुराम खड्का (१६९५ मत) र एमालेका गोविन्दबहादुर तामाङ (१५२८ मत) भन्दा अगाडि छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्बाहाम्फेको १८३३ मतसहित अग्रता कायम छ । उनलाई एमालेकी नन्दादेवी विश्वकर्माले १२४५ मतसहित पछ्यारहेकी छिन् ।
यस्तै, हिलिहाङ गाउँपालिकामा पनि कांग्रेसका समरबहादुर अधिकारीको अग्रता कायमै छ । उनले समाचार तयार पार्दासम्म तीन हजार ७५५ मत र प्रतिस्पर्धी भुवानीप्रसाद लिङ्देनले तीन हजार ३७१ मत पाएका छन् ।
उपाध्यक्ष पदमा तीन हजार ३९८ मत पाएका नेकपा एकीकृत समाजवादीका भवानी लिङ्देनलाई एमालेकी सुमित्रा सेढाइले तीन हजार २२९ मतसहित पछ्याइरहेकी छिन् ।
जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका बमप्रसाद लावती निर्वाचित भएका छन् । उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएको छ ।
यसअघि याङ्वरक, हिलिहाङ र कुम्मायक गाउँपालिका एमालेले जितेको थियो । २०७६ को मंसिर १४ मा उपनिर्वाचन हुँदा पहिले कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिकामा पनि एमालेले जितेको थियो ।
कांग्रेसले फिदिम, फालेलुङ र तुम्बेवा गाउँपालिका जित्दा माओवादीले मिक्लाजुङ जितेकाे थियाे ।
तर, गठबन्धन भएपछि भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाँचथरको स्थानीय तहमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने संकेत देखाएका छन् ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend