Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शैल्यशिखर नगरपालिकामा विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु


    सोमबार, जेष्ठ २ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । 

    मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका-६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको उनले बताए । 

    ‘जुलुसमा सहभागी गराउन मान्छे ओसार्न गइरहेको भन्ने बुझिएको छ,’ थापाले भने, ‘कुन पार्टी हो खुलेको छैन, हाइसमा सवार तीनजना मात्रै थिए,’ उनले भने । हाइस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । प्रहरी टोली घटनास्थलमा रहेको प्रहरी निरीक्षक थापाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार