Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठको अन्तिममा राष्ट्रिय प्रणालीमा जोडिने


    सोमबार, जेष्ठ २ २०७९
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । 

    लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो । संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । 

    आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाको पुनर्निमाणको काम अन्तिम चरणमा पुगेकाले जेठ अन्तिमबाट व्यवसायिक विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट ०७६  चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । 

    प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको हो । यस अघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ ।

    आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत गृहमा लगेर पानी खसाल्नेछ । 

    रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैया रहेको छ । आयोजनाबाट वाषिर्क १३ करोड ८४  लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहावमा आधारित (रन अफ द रिभर)प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार