काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ । विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन् ।
मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, सङ्घीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो । तीन तहको निर्वाचनबाट देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन् ।
तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ ।
नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ । पार्टीले मतदातासँग क्षमा पनि मागेको छ ।
‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
मिश्र नेतृत्वको पार्टीले हालै ‘विचारभन्दा माथि देश’को राजनीतिक कार्यदिशा अंगालेको छ । यसलाई धेरैले मन पराएका छैनन् ।
सोही कारण पार्टीमा विवाद पनि भएको प्रवक्ता पाठकले स्वीकारेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend