Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोखा नगरपालिकामा एमालेका अधिकारीलाई पछि पार्दै कांग्रेसकी रजनी थापाको अग्रता 


    सोमबार, जेष्ठ २ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन्।

    थापाले ५११२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।

    थापाले एमालेका प्रकाश अधिकारीलाई पछि पारेकी हुन्। अधिकारीले ४८९२ मत प्राप्त गरेका छन्।

    माओवादीका शेखर श्रेष्ठले ८३१ मत ल्याएका छन्।

    अहिलेसम्म टोखामा १३ हजार बढी मत गणना भइसकेको छ।

    उपमेयरमा कांग्रेसका मुरारी तामाङले अग्रता लिएका छन्। उनले ५०४३ मत प्राप्त गरे।

    उनलाई एमालेकी ज्ञानमाया डंगोलले ४६२९ मत ल्याएर पछ्याइरहेकी छिन्। माओवादीकी यमुना पुडासैनी (अधिकारी) ले १०८१ मत ल्याएकी छिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार