इलाम । गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएका हुन् ।
राई ३ हजार ८१८ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार डिकेन्द्र इदिङ्गोले ३ हजार ३९५ मत पाए । पराजित डिकेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।
यसअघिको चुनावमा पनि राई हेमन्त र डिकेन्द्रबीच प्रतिस्पर्धा भएको थियो ।
उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार विनोद नेम्वाङले एमालेकी सुनिता सुब्बालाई पराजित गरेका छन् । जनता समाजवादीबाट उपाध्यक्ष उम्मेदवार भएका नेम्वाङले ३ हजार ७२९ मत प्राप्त गर्दा निर्वतमान उपाध्यक्षसमेत रहेकी सुब्बाले ३हजार ४६ मत प्राप्त गरेकी छिन् ।
उपाध्यक्षमा नेम्वाङ र सुब्बाको पनि यो दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा सुब्बाले नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
एउटा वडामाबाहेक माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनुमक्ति पार्टीका बीचमा गठबन्धन भएको थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend