Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए


    सोमबार, जेष्ठ २ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

    साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे ।

    तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।

    को कहाँ विजयी ?
    यहाँ ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

    कांग्रेसले धनकौल-१, २, ४ र ७ मा जितेको हो । यी वडाका वडाध्यक्षमा क्रमशस् गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।

    माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    एमालेले ३ नम्बर वडामा मात्र जितेको छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार