पोखरा । गण्डकी प्रदेशका ८५ पालिकामध्ये हालसम्म १५ वटाको नतिजा आइसकेको छ । त्यसमा सबैभन्दा बढी एमालेले ९ पालिका जितेको छ भने कांग्रेसले ४ र माओवादीले २ पालिकामा जित हात पारेको छ । यद्यपि गणना भइरहेका पालिकाहरूमा कांग्रेसको बाहुल्यता देखिन्छ । तल्लो क्षेत्रमा एमालेको मत केही खस्किएको छ । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अझै बढेको छ । यसअघिको चुनावमा २ पालिका मात्रै जितेको मुस्ताङमा अहिले ४ पालिका अध्यक्ष जितेको छ । मनाङमा पुरानो मत घटाएन ।
गण्डकी प्रदेशभरिका मनाङ र मुस्ताङ जिल्लाको मतगणना सकिएको छ । मनाङका ४ पालिकामध्ये २ पालिकाको अध्यक्षमा कांग्रेस र २ वटामा एमाले विजयी भएको छ भने १ पालिका उपाध्यक्षमा एमाले र १ पालिकामा कांग्रेसले जितेको छ । दुई पालिकाका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चामेमा एमालेका लोकेन्द्र घले, मनाङ ङिस्याङमा एमालेका कान्छा घले, नासोंमा कांग्रेसका धनबहादुर गुरुङ र नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।
मुस्ताङमा ५ पालिकामध्ये ४ पालिका अध्यक्ष र ३ उपाध्यक्ष एमालेले जितेको छ भने १ अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । लोमान्थाङको अध्यक्षमा एमालेका टसीनुर्बु गुरुङ, थासाङमा प्रदीप गौचन, लो घेकर दामोदर कुण्डमा लोप्साङ छोम्पेल विष्ट र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिन्जिन नाम्गेल गुरुङ विजयी भए भने घरपझोङमा कांग्रेसका मोहनसिंह लालचन विजयी भए ।
गोरखामा हालसम्म अजिरकोट गाउँपालिकाको मात्रै नतिजा सार्वजनिक भएको छ । यसअघि कांग्रेसले जितेको यो पालिका अहिले अध्यक्ष र उपाध्यक्ष समेत माओवादी विजयी भएको छ । माओवादीका दीपक देवकोटाले कांग्रेसका गोविन्द गुरुङलाई र उपाध्यक्षमा अनिता भुजेलले कांग्रेसकै इन्द्र गुरुङलाई पराजित गरेकी हुन् । स्याङ्जाको पनि हरिनास गाउँपालिकाको मात्रै गणना सकिएको छ । यहाँ पुनः खिमनारायण मानन्धर अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका मानन्धर झिनो मतान्तरका साथ कांग्रेसका टोपबहादुर भुजेललाई हराएर अध्यक्ष बने भने उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापाले कांग्रेसकी मिठू लम्साललाई पराजित गरिन् ।
म्याग्दीको मालिका गाउँपालिकाको नतिजा आएको छ । यहाँ एमालेका वेदप्रसाद गर्बुजाले कांग्रेसका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोकालाई पराजित गरे भने उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी घर्तीले कांग्रेसकै पिपला बुढालाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।
बागलुङका दुई पालिकाको मतगणना सकिएको छ । तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बुढाले माओवादीका देवबहादुर पुनलाई भारी मतले हराए भने उपाध्यक्षमा पनि कांग्रेसकै हिराकुमारी छन्त्यालले माओवादीकी निशु रसाइलीलाई पराजित गरिन् । ताराखोला गाउँपालिकामा माओवादीका धनबहादुर विकले माओवादीकै बागी उम्मेदवार प्रकाश घर्तीलाई हराएका छन् भने उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाले एमालेकी थममाया घर्तीलाई पराजित गरे ।
नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले उम्मेदवार विजयी भए । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई पराजित गर्दा उपाध्यक्षमा पनि एमालेकी डिलकुमारी केसीले कांग्रसकी धनकान्ती घिमिरेलाई हराइन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend