Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी


    आइतबार, जेष्ठ १ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । 

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् । 
    बटेश्वर गाउँपालिका¬–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् । 

    एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् । 

    माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार