काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ ।
गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।
‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन । बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’
कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार शाहले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य स्थानीय तहमा पनि छ ।
परिणाम सोचे जस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए । तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय भने जित्ने उनको दाबी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend