Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दैलेखको नौमुले गाउँपालिकामा माओवादी–समाजवादी गठबन्धन बिजयी, अध्यक्षमा सुवेदी, उपाध्यक्षमा शाही


    आइतबार, जेष्ठ १ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दुल्लु । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । दैलेखको नौमुले गाउँपालिकाको प्रमुख माओवादी केन्द्रले जितेको छ भने उपप्रमुखमा नेकपा एकीकृत समाजवादी बिजयी भएको छ ।

     सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन् । सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढा मगरलाई पराजित गरेका छन् ।

    सुवेदीले ३ हजार २ सय मत ल्याएर विजयी भएका छन् । पराजीत नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । नौमूलेमा नेकपा एमालेका शशिराम वि.क. तेस्रो भएका छन् । उनले १ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।  

    नौमूले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । शाहीले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसको गाउँपालिका सभापति छाडेर समाजवादीमा प्रवेश गरी उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका रिता चन्दले १ हजार ९ सय १८ मत प्राप्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार