Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झलनाथ खनालको नगरपालिकामा समाजवादीको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलामको सूर्योदय नगरपालिकामा १७७३ मतगणना भइसकेको छ ।

    आइतबार बिहानसम्मको विवरण अनुसार सूर्योदय नगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता लिएका छन् ।

    गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रनबहादुरले ७२१ मत प्राप्त गरेका छन् । एमालेबाट अध्यक्षका उम्मेदवार काजीमान कागतेले ६०९ मत पाएका छन् ।

    उपप्रमुखमा भने एमालेकी दुर्गादेवी भट्टराईले ६४३ मतका साथ अग्रता लिएकी छन् । गठबन्धनकी उम्मेदवार दुर्गा बरालले ६३० पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार