काठमाडौँ, ५ चैत । अमेरिकाका न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई चीनले देश निकाला गर्ने निर्णय गरेको छ। ङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणमा उल्लेख भएअनुसार चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न आदेश दिइएको छ ।
अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ । यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ ।
यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो ।