चितवन । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२.३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए ।
भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।
तीन पालिकामा एमालेको अग्रता
भरतपुर र रत्ननगरबाहेक सबै पालिकामा अहिले मतगणना जारी छ । भरतपुर र रत्ननगरमा मतगणनाको तयारी हुँदै छ । राप्ती, माडी र इच्छाकामनामा एमालेले अग्रता लिएको छ । खैरहनी र कालिकामा कांग्रेसले अग्रता लिएको छ ।
राप्ती–६ मा ८०० मत गन्दा मेयरका उमेदवार एमालेका गोविन्द्र प्रसाद कँडेलले ४४२ र गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन् । उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ र कांग्रेसका देवेन्द्र लामाले २९३ मत ल्याएका छन् ।
माडी–१ मा ६०० मत गन्दा मेयरका उमेदवार एमालेकी ताराकाजी महतोले २७१ र माओवादी केन्द्रका ऋषी काफ्लेले २४१ मत प्राप्त गरेका छन् । उपमेयरका उमेदवार कांग्रेसका खेम महतोले २३१ र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले १८४ मत ल्याएका छन् ।
कालिका–१ मा ३०० मत गन्दा मेयरमा एमालेका विनोद रेग्मीले ११९ र कांग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी बिमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत ल्याएका छन् । खैरहनी–२ मा ४०० मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणी चौधरीले ८७ मत ल्याएका छन् ।
इच्छाकामना–१ मा ६०० मत गन्दा अध्यक्षमा एमालेका दान बहादुर गुरुङले २८४ र कांग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन् । उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ मत र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend