Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डकी बुहारी बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने वडामा कांग्रेसको प्यानल नै विजयी


    शनिबार, बैशाख ३१ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ।  प्रदेशमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले खाता खोलेका छन्। 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

    यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएको कांग्रेस लालझाडीका नेता छमन्दन रानाले जानकारी दिए। यद्यपी निर्वाचन आयोगले यसको आधिकारिक घोषणा गर्न भने बाँकी छ।

    जोशी ४ सय ६४ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवारले ३ सय ४९ र एमालेका उम्मेदवारले २ सय ६६ मत ल्याएका छन्।

    गाउँपालिकाको अध्यक्षमा कांग्रेसको अग्रता छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवारले ४ सय ३८ मत ल्याएका छन् भने माओवादीले ३ सय ३३ र नेकपा एमालेले २ सय ९३ मत प्राप्त गरेका छन्।

    यस्तै बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन्। एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार