Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय निर्वाचनः दाङमा माओवादीले खाता खोल्यो 


    शनिबार, बैशाख ३१ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  
    दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा  निर्वाचित भएका हुन् ।

    यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

    यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार