Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अछामको साँफेबगरमा झडप, मतदान स्थगित


    शुक्रबार, बैशाख ३० २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ ।

    मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामकाे बाब्लामा मतदान स्थगित भएको हाे ।

    बाब्लामा नेकपा एमाले-माओवादी केन्द्र र कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।

    प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए ।

    अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार