Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतदानपछि प्रचण्डले भने- आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन


    शुक्रबार, बैशाख ३० २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । 

    भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् । 

    मौन अवधिमा मतदातालाई प्रभावित पाररेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । 

    तर, शुक्रबार प्रचण्डले स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् । आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’ 

    आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन । सुनेको छैन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार