Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङको अतिसंवेदनशील २२ मतदान स्थलको सुरक्षा व्यवस्था कडाई


    बिहिबार, बैशाख २९ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका २२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । उक्त मतदान स्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । लमजुङमा संवेदनशील स्थल ८० वटा छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र छन् ।

    सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको  डिएसपी  कार्कीले बताए । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताए ।

    २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता छन् । जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए । अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार