काठमाडौं । स्थानीय तह निर्वाचन बहिस्कार गर्ने नीति लिएको नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई नियन्त्रणमा लिएको हो ।
भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।
‘नयाँ पार्टी रहेछ उहाँको । निर्वाचन पनि बहिस्कार गर्ने नीति रहेछ । त्यही भएर के कसो भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, डीउसपी रिजालले भने ।
कञ्चनसहितका नेताहरूलाई कोहलपुरतिर जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको थियो । विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएको थियो ।
हालै नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारबाही गरेपछि कञ्चन नेतृत्वमा उक्त पार्टी गठन भएको हो ।
विप्लवले पनि कञ्चनलाई कारबाही गरेका थिए । विप्लप निर्वाचनको पक्ष र कञ्चन विपक्षमा छन् । यही विषयमा उनीहरूबीच मतभेद हुँदा अन्ततः पार्टी नै अलग भएको हो ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend