Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्री भट्टराईदेखि मुख्यमन्त्रीसम्म


    बिहिबार, बैशाख २९ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो । 

    मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतको गतिविधि गरे ।

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा) लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।

    आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् । 

    उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार