काठमाडौँ । कुनै बेला फरक पार्टी हुँदा एकाघरका दाजुभाइबीचमा फाटो हुने अवस्था थियो । आफन्तबीच बोलचाल नै बन्द हुन्थ्यो । कतिपय बिचमा मर्दापर्दा समेत एकले अर्कालाई मतलब नगरेको किस्सा अहिले पनि सुन्न सकिन्छ । तर अहिले राजनीतिप्रतिको धारणा फेरिँदो छ ।
चेतनास्तर उक्सँदै गएका कारण अहिले फरक पार्टीमा आस्था राखेकै कारण एकले अर्कालाई हेलाको दृष्टिले हेरिन्न । बरु क्रमशः सम्मान गर्ने सोचको विकास भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पछिल्लो राजनीति संस्कार मित्रवत् बन्दै गएको पाइएको नेकपा एकीकृत समाजवादी खोटाङका सदस्य राजेन्द्र राई बताउँछन् ।
पञ्चायत र प्रजातन्त्र स्थापना कालमा राजनीतिको नाममा आफन्तबीचमै दुस्मनी साँधिन्थ्यो । एकाघरमा पानी बाराबारको अवस्था सिर्जना हुन्थ्यो । फरक पार्टीका मान्छे देखे वा भेटे बाटो काटेर हिँड्ने गरेको प्रसङ्ग अहिले पनि सुन्न पाइन्छ । त्यही कारण उसबेलाको निर्वाचनमा घर घरमा पुगेर भोट माग्न सहज थिएन । तर हालको स्थानीय तहको निर्वाचन अन्तरगतको घरदैलोमा फरक पार्टीमा आस्था राख्ने व्यक्तिलाई पनि सम्मान गर्ने संस्कारको प्रदर्शन भएको पाइएको राईले बताए ।
राई स्वयं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङमा वडाध्यक्षका उम्मेदवार छन् । ‘प्रजातन्त्र स्थापना लगत्तैको निर्वाचनमा पनि भोट माग्न घर घर गएका थियौं, त्यो बेला फरक पार्टीको भन्ने बित्तिकै हेय दृष्टिले हेरिन्थ्यो, दुस्मनी साँध्ने गरेको देखिन्थ्यो,’ राईले भने, ‘अहिले त्यो विकृति अन्त्य भएछ । राजनीतिक संस्कारको विकास भएछ । फरक पार्टीमा आस्था राख्नेलाई पनि सम्मान गर्ने संस्कार विकास भइसकेछ । यो चैँ मेरो लागि नयाँ कुरा भएको छ ।’
समय परिवर्तनसँगै निषेधको राजनीति रहेन । राजनीतिक चेतनाको विकास हुँदै गए । पार्टी फरक भएकै कारण बेमेल हुनुपर्ने अवस्था छैन । घरदैलोका क्रममा भेट भएका फरक दलका उम्मेदवारबीचमा पनि मित्रवत् व्यवहार साटासाट भएको देख्न थालिएको छ । पार्टी प्राविधिक कुरा हुन्, सबैको गन्तव्य विकास र परिवर्तन हुन् भन्ने मतदाताको जमात बढेको छ । सोही कारण विगतको तुलनामा हाल फरक पार्टीमा आस्था राखेकै कारण एकअर्काप्रति कर्के नजर लाउने प्रवृत्ति हटेर गएको राई बताउँछन् ।
अहिले राजनीतिक आस्थाको आधारमा पराइ ठान्ने सोचको अवशेष केहीमा बाहेक अधिकांशमा छैन । ‘जुनसुकै दलका उम्मेदवारलाई पनि सम्मान गर्ने, सम्मानका साथ बोल्ने, सँगै बस्ने संस्कारको विकास भएको छ,’ उनले भने, ‘फरक पार्टीका नेता, उम्मेदवार र तिनका कार्यकर्तालाई चिया पिऔं, खाजा खाऔं भन्ने मित्रवत् सम्बन्ध झाङिएको पाइएको छ । मतदाता पहिलाकोजस्तो छैन । सबै सचेत हुँदैगइसकेका छन् ।’
चुनावी घरदैलोमा रहेका उम्मेदवारहरूका अनुसार अहिलेका मतदाता जुनसुकै पार्टीका नेता तथा कार्यकर्ताको कुरा सुन्छन्, उत्तिकै ‘रेस्पोन्स’ गर्छन् । सबैप्रति सद्भाव देखाउँछन् । तर अधिकांश मतदाताले ‘कसलाई भोट हाल्ने’ भन्ने निर्णय गरिसकेको उम्मेदवारहरूको अनुमान छ । कतिपय मतदाताले कारण सहित कसलाई मत दिने भनेर स्पष्ट बताउने गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका जसपाका वडासदस्यका उम्मेदवार टंक थापा बताउँछन् ।
‘भोट माग्न जुन पार्टीको पुगे पनि राम्रो कुरा गर्छन्, कुरा सुन्छन् । निर्वाचनका दिन मत हाल्ने कुरा आफ्नो मनमा छ तर सबैलाई मत दिन्छु भन्छन्,’ थापाले भने, ‘खुवाउनेको भोजभतेर खाइदिने तर भोट दिँदा विचार पुर्याउँछौँ, मान्छे छानेर भोट दिन्छौँ भन्ने तहमा चेतना उक्सिएको पाइयो ।’
कतिपय मतदाताले अघिल्लो जनप्रतिनिधिबाट यो–यो काम भएन, फलानो नेताले ढाँटे भनेर हाकाहाकी कुरा राख्नेगरेको पाइएको छ । घरदैलोका क्रममा कतिपय मतदातामा पढेलेखेका युवा, योग्य उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने सोच पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जमानसेर राईले बताए । ‘आम मतदाताको भरोसा युवाप्रति रहेको पाएँ । घरदैलोमा युवा उम्मेदवार पुग्दा उत्साह देखेँ,’ उनले भने, ‘लेखपढ भएको, सही मान्छे, त्यसमा पनि युवालाई जिम्मेवारी दिनुपर्छ भन्ने अपेक्षा देखियो । मतदाता सचेत छन् ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend