काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।
‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend