बुटवल । शाख रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका-१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् ।
आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच-छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका हुन् । घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएकाे बताए ।
अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend