Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जोखिम माेलेर विद्यालय पुग्छन् मुगुका बालबालिका


    आइतबार, बैशाख २५ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   

    छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । 

    कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् ।  वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान गाह्राे भएकाे कक्षा ४ मा अध्ययनरत्  चाउली तिरुवाले बताइन् । छायानाथ रारा नगरपालिकालाई बाटो निर्माणको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विकले बताए ।  

    मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ । सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न नपाएको अध्यक्ष विकले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार