Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावी सभालाई सम्बोधन गर्न ओली भरतपुर र बुटवल जाँदै


    आइतबार, बैशाख २५ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ककाठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको राजधानी बुटवल जाँदैछन् । पार्टीले आयोजना गर्ने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् । चुनावी सभा मध्यान्ह हुनेछ ।

    बुटवलपछि भने उनी चितवनको भरतपुर आउनेछन् । त्यहाँ पनि उनले पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । 

    भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेले विजय सुवेदीलाई उठाएको छ । उनी बाग्मती प्रदेश सांसददेखि राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका हुन्।

    उनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनको उम्मेदवार रेणु दाहालसँग हुँदै छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख भइसकेकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार