काठमाडौँ । वासुदेव थापा नेकपा एमालेबाट सूर्य विनायकमा नगरपालिकाको मेयरका लागि उम्मेदवार भएर घरदैलो अभियानमा छन् । यस अघि पनि निर्वाचित भइ एक कार्यकाल पूरा गरेका थापा दोस्रो कार्यकालको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
सूर्य विनायक नगरपालिकामा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका उम्मेदवारलाई उतारेको छ । एकातिर सत्तारुढ गठबन्धन र एकातिर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिरहेको समयमा थापासँग अघिल्लो कार्यकालमा गरेका काम र आगामी यात्राको विषयमा गरेको कुराकानीः
अघिल्लो कार्यकालमा तपाइले गर्नुभएका उल्लेखनीय काम के के हुन् ?
उल्लेखनीय कामहरू भन्नु पर्दा स्वास्थ्य क्षेत्रमा नगर हस्पिटल र १० वटै वडामा स्वास्थ्य शाखा विस्तार भएका छन् । व्यवस्थित ढंगबाट हस्पिटल र शाखाहरू ल्याबसहित सञ्चालन भएका छन् । शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार व्यापक रुपमा भएको छ । ३७ वटा विद्यालयको नयाँ भवन बनाएका छौँ । गुणस्तरीय शिक्षा र अब्बल विद्यार्थी कसरी उत्पादन गर्ने भनेर लागिरहेका छौँ ।
कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा सूर्य विनायक नगरमा मात्र होइन देशैभर असर पर्यो । त्यसलाई विशेष गरी हेर्नु पर्नेछ । भौतिक रुपमा सूर्यविनायकका १० वडामा हामीले सरकारका विभिन्न निकायबाट १० अर्बभन्दा बढीका पूर्वाधार निर्माण गरेका छौँ । जस्तै सडक, प्रत्येक वडाका मुख्य मुख्य दुई तीन वटा सडक कालोपत्रे भइसकेका छन् । सबै सडक हामीले पिच हुनुपर्छ भनेर सोचे पनि समय र बजेट अभावका कारण सम्भव भएन । बाँकी अधुरा काम हामीले आगामी दिनका लागि प्राथमिकतामा राखेका छौँ ।
मठ मन्दिर सुधारका क्षेत्रमा पनि हामीले थुप्रै काम गरेका छौँ । धार्मिक संस्कृति र लोकसंस्कृति बचाउन हामीले त्यो क्षेत्रलाई पनि विशेष महत्त्वका साथ काम गर्यौ। ज्येष्ठ नागरिकहरूका लागि प्रतीक्षालय बनाउनेदेखि सम्मान गर्ने काम गर्यौँ । खेल मैदान, खानेपानी लगायतका विविध क्षेत्रमा हामीले महत्त्वपूर्ण काम गरेका छौँ ।
तपाइँ फेरी मेयर भए के गर्नुहुन्छ ?
नगरपालिकाका १० वटै वडामा वडा कार्यालय भवन बनाइसकेका छौँ । नगरपालिका भवन पनि बनिरहेको छ । हनुमन्ते कोरिडोरको काम अधुरो छ ती अधुरा कामलाई पूरा गर्ने र बाँकी रहेका अन्य कामलाई निरन्तरता दिएर सूर्यविनायक नगरपालिका बस्न लायक, सुन्दर, शान्त र हरियाली बनाउने योजना छ । विशेषगरी बाँकी रहेका कामहरू गर्नै र राजनीतिक दल बुद्धिजीवी, समाजसेवी, नगरवासीसँग सल्लाह सुझाव लिएर नगरको विकासका लागि थप कामहरू गर्नेछौँ ।
चुनावी अभियान कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
एकदम उत्साहबर्धक रुपमा घरदैलो अभियान चलिरहेको छ । मतदाताहरूले भोट माग्न जाँदा पनि हँसिलो अनुहारले खुसी भएर बाँकी काम पनि एकदम राम्रोसँग गर्नुपर्छ, तपाईले साना तिना कमीकमजोरी छन् भने पनि सुधारेर काम गर्नुपर्छ, हामी खुसी छौँ, फेरी पनि भोट दिन्छौं भनिरहनु भएको छ ।
तपाईविरुद्ध गठबन्धन बनिरहेको छ । यस्तो अवस्थामा पनि चुनाव जित्ने आधार के के हुन् ?
गठबन्धन भनेको नौटङ्की मात्रै हो, गठबन्धनले देश कसरी चलिरहेको छ भन्ने कुरा आम देशवासी र सूर्यविनायक नगरवसीले थाहा पाइसक्नु भएको छ । केही काम गर्न सकेका छैनन्, उनीहरूको झगडा मिलाउँदैमा समय खेर फाली रहेका छन् । आ–आफ्ना स्वार्थ पूरा गर्न र आफन्तहरूको मोज मस्ती गर्नुबाहेक गठबन्धनको अरू कुनै ध्येय नभएको पुष्टि भइसकेको छ । सूर्य विनायक नगरपालिका यो गठबन्धनले कुनै पनि असर पर्दैन ।
एमाले एकताबद्ध भएर चुनावमा लागेको छ त ?
नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक एवं मतदाताहरू ९८ प्रतिशत एकताबद्ध हुनुहुन्छ । केही मन माझ्न बाँकी रहेका २ प्रतिशतलाई पनि हामी दुई चार दिनभित्रै मन माझामाझ गरेर एकताबद्ध र एक ढिक्का भएर लाग्नेनै छौँ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend