काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनमा आवद्ध छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराउनदेखि अहिलेसम्म जनमोर्चा पाँच दलसँगै छ ।गठबन्धन आवद्ध सरकारले एमसीसी पास गरेपछि जनमोर्चा अलग हुने घोषणा गर्यो । एमसीसी पास गरेर राष्ट्रघाती काम गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट अलग हुने घोषणा गरेको थियो ।
उक्त घोषणापछि धेरैको अपेक्षा थियो- अब जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग हुन्छ । तर, त्यसो हुन सकेन । जसले गर्दा जनमोर्चामाथि अनेकन आरोप लाग्यो ।
जनमोर्चामाथि यस्तो आरोप लागेको यो पहिलो पटक भने होइन् । यसअघि राजतन्त्र ढाल्न भएको जनआन्दोलन होस्, या विगतमा भएका आन्दोलनमा जनमोर्चा गठबन्धनमा आवद्ध थियो । तर, त्यहाँबाट बाहिरिएपछि यस्तो प्रतिगमनको मतियार बनेको, आर्थिक प्रलोभन वा सत्ता बाँडफाँटको साझेदार बनेको आरोप जनमोर्चामाथि लाग्ने गरेको थियो ।
सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) ले संसद्बाट एमसीसी पास गराए । त्यसपछि जनमोर्चा गठबन्धनको उक्त निर्णयको विरुद्धमा उभियो । र गठबन्धनसँगको सहकार्य तोड्ने घोषणा गर्यो ।
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनमोर्चा पुनः गठबन्धनको पक्षमा उभियो । जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल गठबन्धनको हरेक बैठकमा सहभागी भइरहिन् । अध्यक्ष चित्रबहादुर केसी भने निष्क्रिय जस्तै बने ।
चुनावी तालमेलका हुनेगरेका हरेक बैठकमा उपाध्यक्ष पौडेलले नै सहभागी भइन् । चित्रबहादुर भने त्यति सक्रिय देखिएनन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू देशदौडाहमा देखिए । तर, केसी भने कुनै पनि शीर्ष नेतासँग देखिएनन् । यसरी सक्रिय नभएपछि कतै गठबन्धनभित्र जनमोर्चा असन्तुष्ट त छैन ? भन्ने प्रश्न धेरैको मनमा थियो ।
यसरी गठबन्धनभित्र पनि निष्क्रिय देखिएका अध्यक्ष केसी पहिलो पटक गठबन्धनको चुनावी सभामा सहभागी भएका छन् । शान्तिवाटिकामा आयोजित चुनावीसभामा उनी पहिलो पटक सहभागी भएका हुन् । हिजो चितवनमा आयोजित चुनावी सभामा पाँच दलीय गठबन्धनबाट जनमोर्चाका नेताहरू उपस्थिति भएनन् ।
पहिलो पटक गठबन्धनको कार्यक्रममा सहभागी अध्यक्ष केसीले त्यसबारे आजको सभाबाट प्रष्ट पारे । ‘गठबन्धनको कार्यक्रममा म आज पहिलो पटक सहभागी भएको छु । यसमा मेरा व्यक्तिगत समस्या थिए, अन्य कारणले सहभागी हुन सकेको थिएन् । आजको कार्यक्रममा उपस्थित हुन पाएँ,’ अध्यक्ष केसीले भने ।
गठबन्धनको कार्यक्रममा सहभागी नहुनु आफ्नो व्यक्तिगत कारण रहेको उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend