Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन


    बिहिबार, बैशाख २२ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिरहा । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् । 

    गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचार संहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।

    जिल्लाको गोलबजार, मिर्चैैया, घनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहन, सिरहा लगायतका स्थानमा आचार संहिता उल्लंघन धेरै भए पनि स्थानीय प्रशासन मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारीसाधनमा निषेध गरिए पनि चुनाव प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ । 

    यता, उक्त विषयमा गोलबजारका निवार्चन अधिकृत शिवप्रसाद अचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर  बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियोे भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए । 

    भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समते प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् । सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजीनै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहतिा विपरित प्रचारप्रसार भइरहेको छ ।

    कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार