Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरको सभामा आउन शेखर कोइरालालाई देउवाको फोन


    बिहिबार, बैशाख २२ २०७९
    590
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं ।  चितवनको भरतपुरमा आज हुने गठबन्धन दलको चुनावी सभामा शेखर कोइराला सहभागी नहुने भएपछि प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेर भरतपुर आउन आग्रह गरेका छन् ।

    कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने बताएकाे उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

    बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । 

    सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ ।

    सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

    गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्। सभा भरतपुरको हाकिमचोकमा हुनेछ।

    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहाललाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ।

    पौडेलको उम्मेदवारी फिर्ता गराउन सत्ता गठबन्धन लागि परे पनि सफल हुन भने सकेन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार