खोटाङ । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दाेहाेरिने याेजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्दवार बनेका छन् ।
०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बीणादेवी राई पुन: सोही पदमा दोहोरिन गरी उम्मेदवार बनेकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित विमला राई यसपटक मेयर बन्ने दौडमा छिन् । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुँजेल सोही पदमा दोहोरिने गरी चुनावी मैदानमा छिन् । यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई पुन: दोहोरिने गरी उम्मेदवार बनेका छन् ।
खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपटक गाउँपालिका अध्यक्ष बन्ने दाैडमा छिन । एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राई यथास्थानमा चुनिने गरी चुनावमा होमिएका छन् ।
बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिक बञ्जरा सोही पदमा दोहोरिने गरी उम्मेदवार बनेका छन् भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा पदउन्नतीमा होमिएकी छिन् । साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेदवार बनेका छन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend