Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्मचारीलाई यातना दिइएको छैन: वायुसेवा निगम


    मंगलबार, बैशाख २० २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको जनाएको छ ।

    अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार