Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसमःपहाडी भूभागमा वर्षाको सम्भावना


    मंगलबार, बैशाख २० २०७९
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ । 

    बिहान प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो  पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ ।

    बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएकाे छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार