Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जालमा पार्टी र उम्मेदवारको चरित्र हत्या गरे कारबाही गर्ने आयोगको चेतावनी


    सोमबार, बैशाख १९ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना पोस्ट नगर्न आग्रह गरेको छ।

    द्वेषपूर्ण अभिव्यक्तिहरू फेसबुकलगायत सामाजिक सञ्जालमा देखिएको भन्दै आयोगले यस्ता गलत, भ्रामक र चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउनेजस्ता काम नगर्न सचेत गराएको छ।

    मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रभाव पार्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आयोगले आग्रह गरेको हो।

    आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरेको पाइए निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कानून बमोजिम कारबाही गर्ने आयोगले चेतावनी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार