काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठवटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहेका छन् । जिल्ला अध्यक्ष केसीले अहिले सिंगो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।
यसपटकको स्थानीय निर्वाचन एमालेका लागि कत्तिको जटिल चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँग गरिएको कुराकानी
स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनुभएको छ ?
–नेकपा एमालेको समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ । हामी स्थानीय तहको चुनावमा अहिले १६ वटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरु बनेका छन् । र हामी युद्धस्तरमा चुनावी तयारीमा जुटेका छौं । जिल्लाका १६ वटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ । अहिले हाम्रा उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुनुहुन्छ । सबै कमिटीहरुले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठवटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ ?
–स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको संख्या बढाउँछौं । अहिले खासगरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ । र हामी चाहिं दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौं । यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविकरुपले अत्यधिक मतका साथ विजय हासिल गर्छौं । र हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौं । अहिले एमालेमा धेरै मानिसहरु प्रवेश गरेको अवस्था छ । त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुद्धृढ रहेको देखाउँछ । र सबै पार्टी भन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित छ ।
पार्टीभित्र असन्तुष्टी पनि त होला नि होइन ?
–असन्तुष्टि हुनु स्वाभिक हो । असन्तुष्टीहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौं । नीतिगत रुपमा, सैद्धान्तिक रुपमा असहमति केही थिएनन् । कतिपय साथीहरुले जिम्मेवारी लिने कुरामा केही ब्यक्तिगत असन्तुष्टी थियो । हामीसँग एउटा सीमा छ । त्यो सीमा भन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो । पार्टीले फैसला गरिसकेको छ । त्यो फैसलालाई सबै साथीहरुले बोकेर हिंड्नुभएको छ । भएका कमी कमजोरीहरुलाई हामी चुनावपछि समीक्षा गर्ने छौं । जहाँ कमी कमजोरी भएका छन्, तिनी कमी कमजोरीलाई पार्टीले आत्मसाथ गर्ने छ । जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरु सबै पार्टी काममा लागि सक्नुभएको छ ।
गत स्थानीय तहको चुनाव भन्दा धेरै स्थानमा जित्छौं भन्नुभयो । जित्ने आधारहरु चाहिं के छन् ?
–हामीसँग प्रशस्त एजेण्डा छन् । पार्टीका अध्यक्ष केपी ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरु स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने अलपत्र पर्छन् । हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ । त्यसकारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेण्डाहरु छन् । त्यसकारण एमालेको विजय अनिवार्य छ ।
जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईंको भूमिकाको पनि मूल्यांकन होला नै हैन ?
–हाम्रो पार्टी संस्थागत ढंगले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढंगले सोंचेर मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्छ । नेकपा एमालेको रुपन्देही जिल्लामा जुन सांगठनिक सञ्जाल छ । एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु छन् । यी सबै कारणले गर्दाखेरि हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौं । यहाँ चाहिं हाम्रो पार्टीका थुप्रै नेताहरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरुले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ । रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ । विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरुले भन्ने गर्छन् । यसको नेतृत्व नेकपा एमालेले गरेको छ । यहाँका जनताले त्यो कुरा बुझेका छन् । यसकारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढंगले जित हासिल हुन्छ ।
देशव्यापी सत्तारुढ गठबन्धन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ ?
–विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ । यो बडो अचम्मको परिघटना छ । त्यसकारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैभित्र असन्तुष्टी, निराशा, कुण्ठा बोकेर हिंडिरहेको छ । एमालेको पंक्ति सही दिशामा अगाडि बढिरहेको छ ।
तपाई पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईंका पनि केही असनतुष्टी छन् कि?
–कुनै असन्तुष्टी छैन । नेकपा एमालेको संस्थागत फैसलालाई मैले जहिले पनि बोकेर हिंड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैभरी उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिंड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टी छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरुले चित्त दुःखाएर हिंड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ । यो नै हाम्रो विजयको आधार हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend