Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने


    आइतबार, बैशाख १८ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ । 

    दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ वैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ ।

    समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौं, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्खेत र २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुलासभा गर्ने निर्णय शनिबार गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार