Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य : प्रदेश प्रमुख शर्मा


    आइतबार, बैशाख १८ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

    १३३ औं अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । 

    ‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु,’ शर्माले भनेका छन् ।

    मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिकवर्गको अतुलनीय भूमिका रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार