काठमाडौँ । झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् । तर, झापामा थरिथरि गठबन्धन पनि भएको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो शक्ति हो । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन गठबन्धन भएको भने कतै राप्रपासँगै गठबन्धन भएको छ । झापाको कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमाले गठबन्धन भएको छ ।
जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशनविपरीत छ । कचनकवल राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका थिए ।
यहाँ राप्रपाविरुद्ध कांग्रेस, एमालेले तालमेल गर्ने सहमति गरेका छन् । जसअनुसार एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी र उपप्रमुखमा कांग्रेसले एमालेका उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईलाई सहयोग गर्नेछ । शुक्रबार एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादेवी नेपालले र कांग्रेसकी सेलेतुन खातुनले उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएकी छिन् । ‘यहाँको परिस्थिति बेग्लै छ । केन्द्रमा भएको गठबन्धनअनुसार पनि गठबन्धन गर्न खोजिएको हो । तर, सकिएन । स्थानीयको माग बमोजिम कचनकवलमा एमालेसँग तालमेल भएको हो,’ कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले बताए ।
कचनकवलमा अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल भएको छ । वडामा भने आफू–आफूबीच लड्ने सहमति भएको हो ।
यो गठबन्धन औपचारिक नभएको कांग्रेस झापाले जनाएको छ । कांग्रेस झापाका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा तालमेल गर्ने कुनै कागजी प्रमाण नभएको बताए । ‘कागजी प्रमाण केही छैन । उम्मेदवारी फिर्ता लिएको हो । आफैँ बुझ्नुहोला,’ उनले भने ।
कचनकवलमा राप्रपाविरुद्ध एमालेसँग तालमेल गर्ने कांग्रेसले दमकमा भने एमालेविरुद्ध राप्रपासँग गठबन्धन गरेको छ । माओवादी केन्द्र, राप्रपा, कांग्रेससहित भएको यो गठबन्धनलाई ‘महागठबन्धन’को नाम दिइएको छ । ‘दमकको स्थानीय आवश्यकता हो । दमकमा एमालेले विकास निर्माणमा गरेको बेथिति अन्त्य गर्नका लागि दमकमा यो गठबन्धन आवश्यक भएको हो,’ नेकपा माओवादी केन्द्रका दमक अध्यक्ष रवि बस्नेतले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend