धनगढी । आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित पालिकाकास्थित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कैलालीमा भने शनिबारसम्म त्यस्ता सवारीको विवरण बुझाउने उम्मेदवार शून्य छन् ।
कैलालीका मुख्य निर्नचन अधिकृत जयानन्द पनेरुका अनुसार उम्मेदवारी मनोनयनकै क्रममा उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ । ‘एउटा उम्मेदवारले दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसार प्रयोजना लागि प्रयोग गर्न पाउने व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘तर कैलालीमा एक जना उम्मेदवारले पनि त्यस्तो विवरण बुझाएका छैनन्, यसले अनुगमन तथा सुरक्षा कार्यलाई समेत प्रभावित पर्नेछ ।’
सवारी साधनको विरवण नबुझाएर उम्मेदवारहरूले आचारसंहिता विपरित काम गरेको अनौपचारिक सेवा केन्द्र सन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशी बताउँछन् । ‘उम्मेदवारले आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउँदा सुरक्षा निकायलाई पनि त्यसैअनुसार सुरक्षा व्यवस्था गर्न सजिलो हुन सक्छ,’ संयोजक जोशीले भने, ‘त्यसैले सबै उम्मेदवारले इमान्दार भएर आफूले प्रयोग गर्ने सवारीको विवरण बुझाउनु पर्छ ।’ एउटा उम्मेदवारलाई दुई वटासम्म सवारीसाधन चुनावी प्रचारप्रसारका लागि प्रयोग गर्न पाइने व्यवस्था भए पनि यहाँका उम्मेदवारले भने त्योभन्दा धेरै सवारी प्रयोग गर्ने गरेको उनी बताउँछन् । तर, त्यसको अनुगमन नभएको संयोजक जोशीको आरोप छ ।
‘मतदातालाई प्रभावित पार्नेगरी ठुलो भीड देखाउन एउटै उम्मेदवारले दर्जनौं सवारीसाधन प्रयोग गरी चुनावलाई भड्किलो बनाइरहेका छन्,’ जोशीले भने, ‘यसले चुनावी खर्च पनि उच्च बनाइ रहेको छ, यसको सम्बन्धित पक्षबाट अनुगमन हुनु जरुरी छ ।’ उनले कैलालीमा अनुगमन गर्ने निकाय मौन बस्दा उम्मेदवारको मनोमानी बढेको बताए ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले भने कर्मचारी अभावका कारण अनुगमन कमजोर भएको बताए । ‘हामीसँग कर्मचारी अभाव हुँदा उम्मेदवारको विवरण तयार पार्न पनि समस्या भइरहेको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘थप कर्मचारी माग गर्दा पाएका छैनौँ, कर्मचारी नपाउँदा अनुमगन प्रभावित बनेको छ ।’ कैलालीका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनले सबै राजनीतिक दलका प्रमुखलाई त्यस विषयमा पुनः झकझक्याइने उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend