Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीले बगाएर बालिकाको मृत्यु 


    शनिबार, बैशाख १७ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची । शुक्रबार साँझको करिव ५ बजेको थियो ।  भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किईन ।

    घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासी माथिबाट बाढी आयो । लेदो माटोसहितको बाढीले दिदीबहिनीलाई एक्कासी बगायो ।

    हात समातेर हिडिरहेका दिदीबहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षिया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।

    रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्रहरीको टोलीले राति करीब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात  फर्कियो ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरु शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो । 
    बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार