काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट काठमाडौं महानगर प्रमुख पदको उम्मेदवारी पाएका केशव स्थापितलार्ई कारवाही गर्न अधिकारवादी संघसंस्थाले माग गरेका छन् । केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन् ।
‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन् ।
यस्तो छ महिला अधिकारवादी संस्थाले निकालेको बिज्ञप्ति

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend